सोमबार ३ फाल्गुन, २०७७

फागुन ३, काठमाडौं । महानगरीय अपराध महाशाखा, बानेश्वरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक थापाको सरुवा भएपछि उनको ठाउँमा एसएसपी चन्द्र कुँवेर खापुङलाई गृह मन्त्रालयले काज सरुवा गरेको छ ।
गृहमन्त्री रामबहादुर थापा बादलको निर्णयबाट महाशाखा प्रमुखको प्रहरी प्रधान कार्यालय, नक्सालमा सरुवा भएको गृह स्रोतले बतायो ।
महाशाखाले थापाको कार्यकालमा उपत्यकामा भएका ठूला प्रकृतिका अपराधको अनुसन्धानसँगै केही पुराना घटनाको पनि सफल अनुसन्धान गरेको छ ।
१२ वैशाखमा थापाको महाशाखामा सरुवा भएको थियो ।