शनिबार २ जेष्ठ, २०८३ (Saturday May 16, 2026)

आजदेखि दशैंमा घर जाने बसको टिकट खुल्यो

सोमबार ११ आश्विन, २०७८ विचारवाटिका 2169


आजदेखि दशैंमा घर जाने बसको टिकट खुल्यो

असोज ११, काठमाडौं । दशैंमा घर जानेहरुका लागि आजबाट टिकट बुकिङ खुला भएको छ ।
दशैंमा घर जाने व्यक्तिहरु आज बिहानैदेखि टिकट लिन गोंगबुस्थित नयाँ बसपार्क पुगिसकेका छन् । उनीहरुलाई दुरी कायम गरी लाइनमा राखेर टिकट बिक्री गरिएको देखिएको छ ।

यातायात व्यवस्था विभागले गत बिहीबार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको थियो ।

कतिपय यातायात व्यवसायीहरुले अनलाइनमार्फत् पनि टिकट बुकिङको व्यवस्था मिलाइएको जनाएका छन् ।

        




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु