शुक्रबार २५ बैशाख, २०८३ (Friday May 08, 2026)

सप्ताहव्यापी कार्यक्रम तेस्राे दिनमा चाैंथाे कार्यक्रम सम्पन्न ,आज वक्तृत्वकला हुदै।

शुक्रबार ४ श्रावण, २०८१ विचारवाटिका 2198


सप्ताहव्यापी कार्यक्रम तेस्राे दिनमा चाैंथाे कार्यक्रम सम्पन्न ,आज वक्तृत्वकला हुदै।


  श्रवण ४ काठमाडौं , पुष्पलाल श्रेष्ठको जन्म शताप्दी तथा ४६ औं  स्मृति दिवसको अवसर पारि नेकपा ( एमाले) रामेछाप - काठमाडौं सम्पर्क मञ्च द्वारा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत तेस्राे दिनमा चौथो कार्यक्रम सफल पुर्वक सम्पन्न गरि आज चौथो दिन पाँचौं कार्यक्रम अन्तरपालिका वक्तृत्वकला कार्यक्रम दिउसो ३ः०० बजे भूपू सैनिक हल च्यासलमा हुन गहिरहेको सम्पर्क मञ्चको अध्यक्ष प्रमोद भण्डारी ( रविन्द्र) ले जानकारी गराउनु भयो

 


   सम्पर्क मञ्चले श्रवण एक गते भूपू सैनिक हल च्यासलमा “पुष्पलाल र नेपालकोकम्युनिष्ट आन्दोलन”विषयक विचार गोष्ठी ,श्रवण दुई गते बिहान भूपू सैनिक हल च्यासलमा श्रमिक भेला तथा अन्तरक्रिया कार्यक्रम ,बेलुका टोखा ग्रिल्याडमा श्रमजीवी मजदुर सँग सम्पर्क मञ्च ,श्रवण तीन गते सम्पर्क मञ्चको कार्यालय कोटेश्वर बाट पुष्पलाल स्मृति पार्क चम्पादेवी किर्तिपुर सम्म पदयात्रा गरि कोणसभा सम्पन्न गरि सकेकोअध्यक्ष भण्डारीले जानकारी गराउनु भयो।

 

 

 


  आज श्रवण चार गते चौथे दिनको पाँचौ कार्यक्रम नेकपा एमाले बागमती प्रदेश कमिटी अध्यक्ष  कैलाश ढुङ्गेलको प्रमुख आतिथ्यतामा दिउसो ३ः०० बजे भूपू सैनिक हल च्यासलमा “नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलालको भुमिका” विषयक अन्तरपालिका वक्तृत्वकला कार्यक्रम हुन गहिरहेको र वक्तृत्वकलामा प्रथम हुन सफल व्यक्तिलाई ५ हजार  ५ रूपैयाँ ,द्वितीय हुनेलाई ३ हजार ५ रूपैयाँ ,तृतीय हुनेलाई २ हजार ५ रूपैयाँ र प्रत्येक  पालिका बाट महिला पुरूष सहभागी हुने भएकोले उत्कृष्ट महिलालाई २ हजार ५ रूपैयाँ पुरस्कार रहेको जानकारी  गराउनु हुँदै वक्तृत्वकला कार्यक्रममा सबै सहभागी व्यक्तिहरूको अभिभावक , नेकपा एमालेका नेता, कार्यक्रता , आम रामेछापका एमालेका नेताहरु, सम्पर्क समन्वयका नेताहरु, बागमति प्रदेश सम्पर्क कमिटीका नेताहरु रामेछाप -काठमाडौं सम्पर्क मञ्च मातहतका सम्पूर्ण नेता कार्यकर्ता लगायत सम्पूर्ण नेकपा ( एमाले ) का शुभचिन्तकहरू लाई दिउसो ३ः०० बजे भूपू सैनिक हल च्यासलमा उपस्थिति भैदिन अध्यक्ष भण्डारीले आग्रह समेत गर्नु भएको छ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु