शुक्रबार २५ बैशाख, २०८३ (Friday May 08, 2026)

सरोकार समाजले नव वर्षको शुभकामना आदानप्रदान कार्यक्रम गर्दै

मंगलवार २१ चैत्र, २०७९ विचारवाटिका 2675


सरोकार समाजले नव वर्षको शुभकामना आदानप्रदान कार्यक्रम गर्दै

  चैत २१ काठमाडौं ,गोठगाउँ सरोकार समाजले नव बर्ष  २०८० को उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा भित्ते पात्रो लोकार्पण कार्यक्रमको आयोजना गर्न गहिरहेको छ।

  नव बर्षको अवसरमा चैत २५ गते शनिबार मेघा फुट क्याफे सामाखुसीमा शुभकामना आदानप्रदान तथा भित्ते पात्रो लोकार्पण कार्यक्रम हुन गहिरहेको सरोकार समाजका सचिव मीन बहादुर श्रेष्ठ (बिष्णु) ले विचार वाटिकालाई जानकारी गराउनु भयो।


  सचिव श्रेष्ठले दिएको जानकारी अनुसार कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको र अहिले निमन्त्रणा गर्ने क्रम चलिरहेकोले सबै सरोकार समाजका सञ्चालक समिति सदस्यहरू,सल्लाहकार सदस्यहरू,आजीवन सदस्यहरू, साधारण सदस्यहरू  सम्पूर्ण गोठगाउँ –गोठपानी बासी लगायत सरोकार समाजका शुभचिन्तकहरूलाई यसै सुचनालाई आधिकारिक मानि कार्यक्रम उपस्थिति भैदिनु हुन समेत आग्रह गर्नु भएको छ।


सरोकार समाजले स्थापना काल देखिनै बर्षैपिछे नयाँ वर्षको उपलक्ष्यमा भित्ते पात्रो प्रकाशन गरि गोठगाउँ –गोठपानीको प्रत्येक घर घरमा पुर्याउदै आहिरहेको छ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु