बुधबार ७ आश्विन, २०८३ (Wednesday September 23, 2026)

मनास्लुमा हिमपहिरोको कहर : नेपाली गाइडसहित दुई आरोहीको मृत्यु

सोमबार ५ आश्विन, २०८३ Bichar Batika 1143


मनास्लुमा हिमपहिरोको कहर : नेपाली गाइडसहित दुई आरोहीको मृत्यु

असाेज ५ काठमाडौं, मनास्लु हिमालको तेस्रो शिविरमा आएको हिमपहिरोमा पुरिएर भारतीय मूलका जर्मन आरोही ध्रुवज्योति गुहा र नेपाली आरोहण सहयोगी फुर्सेम्बा शेर्पाको मृत्यु भएको छ।
शनिबार तेस्रो शिविर पुगेका उनीहरू राति मौसम बिग्रिएसँगै आएको हिमपहिरोमा टेन्टसहित पुरिएका थिए। आइतबार बिहान सम्पर्कविहीन भएपछि उद्धार टोली तेस्रो शिविर पुगेको थियो। टोलीले करिब सात फिट हिउँले पुरिएको टेन्टभित्र दुवै जनाको शव फेला पारेको हो।
मौसम प्रतिकूल बनेपछि अधिकांश आरोही उच्च शिविरबाट तल झरेका थिए। तर गुहा र शेर्पा भने तेस्रो शिविरमै बसेर आरोहण अघि बढाउने तयारीमा थिए।
उनीहरूको शव आधार शिविर ल्याई हेलिकोप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको छ।
यस घटनासँगै यस वर्ष मनास्लु आरोहणका क्रममा मृत्यु हुनेको संख्या चार पुगेको छ, यसअघि सिंगापुरका ५० वर्षीय आरोही लाउ उई सेङ र २० वर्षीय नेपाली आरोहण सहयोगी तासी शेर्पाको मृत्यु भएको थियो।
यस वर्ष मनास्लु आरोहणमा सुरुदेखि नै मौसम चुनौतीपूर्ण देखिएको छ, हिमपहिरोका कारण तेस्रो शिविरमाथिको डोरी फिक्सिङसमेत प्रभावित भएको थियो, ८ हजार १६३ मिटर अग्लो मनास्लुको शिखरसम्म डोरी फिक्सिङपछि आरोहण मार्ग पुनः खुलाइएको थियो।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु