बुधबार ७ आश्विन, २०८३ (Wednesday September 23, 2026)

बाढीपहिरो पीडितका लागि रोयल एवान र फास्टफुड एसोसिएसनद्वारा ८ लाख ८ हजार ८८८ रुपैयाँ सहयोग

मंगलवार ३० भाद्र, २०८३ Bichar Batika 1378


बाढीपहिरो पीडितका लागि रोयल एवान र फास्टफुड एसोसिएसनद्वारा ८ लाख ८ हजार ८८८ रुपैयाँ सहयोग

भदौ ३० काठमाडौं, त्रिशूली, भोटेकोशी, रसुवा, नुवाकोटलगायत क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि रोयल एवान इन्भेस्टमेन्ट प्रालि र फास्टफुड एसोसिएसन नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेका छन्।
रोयल एवान इन्भेस्टमेन्ट प्रालिले ५ लाख ५ हजार ५५५ रुपैयाँ र फास्टफुड एसोसिएसन नेपालले ३ लाख ३ हजार ३३३ रुपैयाँ गरी कुल ८ लाख ८ हजार ८८८ रुपैयाँ कोषमा सहयोग गरेकाे फास्टफुड एसोसिएसन नेपालका महासचिव राकेश श्रेष्ठले बताउनु भयाे ।
रोयल एवान इन्भेस्टमेन्ट प्रालिअन्तर्गतका विभिन्न शाखा, सञ्चालक, सेयर सदस्य, कर्मचारी तथा शुभेच्छुकबाट संकलित ५ लाख ५ हजार ५५५ रुपैयाँको चेक कम्पनीका अध्यक्ष हरिबहादुर श्रेष्ठ (नविन) सहितको टोली र फास्टफुड एसोसिएसन नेपाल (फास्ट फ्यान) का अध्यक्ष होमराज श्रेष्ठसहितको टोलीले ३ लाख ३ हजार ३३३ रुपैयाँको चेक  सिंहदरबारमा पुगि अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका थिय ।

रोयल एवान इन्भेस्टमेन्ट प्रालिले बाढीपहिरोबाट प्रभावित परिवारको दुःखमा ऐक्यबद्धता जनाउँदै राहत तथा पुनःस्थापनाका कार्यमा केही योगदान पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको जनाएको छ,बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विभिन्न व्यक्ति, संघसंस्था तथा व्यवसायिक क्षेत्रबाट सहयोग आउने क्रम जारी रहेको छ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु