बिहीबार ८ आश्विन, २०८३ (Thursday September 24, 2026)

राहत सामग्रीसहित ओलीको नेतृत्वमा एमाले टोली बाढी प्रभावित क्षेत्रमा

शुक्रबार १९ भाद्र, २०८३ Bichar Batika 1306


राहत सामग्रीसहित ओलीको नेतृत्वमा एमाले टोली बाढी प्रभावित क्षेत्रमा

भदाै १९ काठमाडौं , नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा पार्टीको टोली राहत सामग्रीसहित बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि नुवाकोटतर्फ प्रस्थान गरेको छ।
एमाले केन्द्रीय कार्यालयबाट अध्यक्ष ओलीकै उपस्थितिमा नुवाकोट र रसुवाका बाढीपीडितका लागि राहत सामग्री पठाइएको थियो, त्यसपछि अध्यक्ष ओलीसहितको टोली प्रभावित क्षेत्रतर्फ गएको एमाले सचिव महेश बस्नेतले जानकारी दिनुभयो ,

बस्नेतका अनुसार टोलीले बाढी प्रभावित नागरिकसँग प्रत्यक्ष भेट गरी उनीहरूका समस्या, पीडा र गुनासो सुन्नेछ, साथै, पार्टीले उद्धार, राहत वितरण तथा प्रभावित क्षेत्रमा सरसफाइका लागि परिचालन गरेका स्वयंसेवकहरूको कामको समेत अध्यक्ष ओलीले स्थलगत निरीक्षण गर्नेछन्।
नुवाकोटमा मात्रै एमालेको तर्फबाट करिब ३ सय स्वयंसेवक परिचालन गरिएको सचिव बस्नेतले बताउनु भयाे,सचिव बस्नेतले जानकारी गराउनु भए अनुसार पार्टीको नेसनल भोलिन्टियर फोर्सले प्रभावित नागरिकलाई खाना खुवाउने, राहत सामग्री वितरण गर्ने तथा सरसफाइमा सहयोग गर्दै आएको छ।

टोलीले स्वयंसेवकहरूले गरिरहेका कामको अवलोकन गर्नुका साथै प्रभावित नागरिकको अवस्थाबारे जानकारी लिने बताइएको छ, एमालेले बाढी तथा पहिरोबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लामा उद्धार, राहत तथा पुनःस्थापनाका लागि जिल्ला तहमा सहयोग समिति गठन गरेको जनाएको छ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु