बिहीबार ८ आश्विन, २०८३ (Thursday September 24, 2026)

जननायक तुल्सीलाल अमात्यको २९औँ स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रम सफलता पुर्वक सम्पन्न ।

शनिबार १६ श्रावण, २०८३ Bichar Batika 1276


जननायक तुल्सीलाल अमात्यको २९औँ स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रम सफलता पुर्वक सम्पन्न ।

साउन १६ काठमाडौं ,जननायक तुल्सीलाल अमात्यको २९औँ स्मृति दिवसको अवसरमा तुल्सीलाल स्मृति प्रतिष्ठानद्वारा आयोजित रक्तदान कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ, मानव जीवन बचाउने पवित्र उद्देश्यका साथ आयोजित उक्त कार्यक्रममा ५६ जना रक्तदाताहरू आफ्नाे अमुल्य रगत दान गर्नुभएको  छ।

प्रतिष्ठानका अध्यक्ष गोपाल शाक्यकाे अध्यक्षतामा आयाेजना गरिएकाे कार्यक्रममा संरक्षक डा. दिवस अमात्य, वरिष्ठ उपाध्यक्ष माधव पौडेल, कार्यक्रम संयोजक हरिकृष्ण व्यञ्जन तथा प्रतिष्ठानका पदाधिकारी एवम् कार्यसमिति सदस्यहरू, पूर्वसांसद युवा, विद्यार्थी, महिला, बुद्धिजीवी, समाजसेवी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियाे ।

जननायक तुल्सीलाल अमात्यले स्थापित गर्नुभएको त्याग, सेवा, सामाजिक न्याय र जनमुखी राजनीतिक मूल्य–मान्यतालाई आत्मसात् गर्दै आगामी दिनहरूमा पनि यस्ता मानवीय र सामाजिक सेवामूलक कार्यक्रमलाई निरन्तर अघि बढाउने वचन बचनका साथ 

कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउने रक्तदाता, स्वयंसेवक, नेपाल रेडक्रस सोसाइटीको प्राविधिक टोली, सहयोगी संस्था तथा सम्पूर्ण सहभागीहरूप्रति प्रतिष्ठानले धन्यवाद तथा आभार समेत व्यक्त गरेकाे थियाे ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु