शुक्रबार ९ आश्विन, २०८३ (Friday September 25, 2026)

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा निषेधाज्ञा जारी,अनशन, धर्ना, घेराउ वा ५ जनाभन्दा बढी व्यक्ति भेला हुन नपाहिने ।

शुक्रबार १ फाल्गुन, २०८२ Bichar Batika 1411


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा निषेधाज्ञा जारी,अनशन, धर्ना, घेराउ वा ५ जनाभन्दा बढी व्यक्ति भेला हुन नपाहिने ।

फागुन १ काठमाडौं , सुरक्षा र आवागमनलाई चुस्त बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौँले फागुन १ गते शुक्रबारदेखि लागू हुने गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा निषेधाज्ञा जारी गरेकाे छ । 
 काठमाडौँका प्रजिअ ईश्वरराज पौडेलद्वारा जारी विज्ञप्ति जनाए अनुसार अब विमानस्थलको मुख्य प्रवेशद्वार (गोल्डेन गेट) देखि भित्रका सबै सडकहरू,आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनल भवन क्षेत्र ,पार्किङ र विमानस्थल हाताभित्रका सम्पूर्ण क्षेत्रमा कुनै पनि प्रकारका जुलुस, भेला वा प्रदर्शन गर्न पाइने छैन।
निर्वाचन आचारसंहिता लागू भइसकेकोले सामूहिक रूपमा गरिने विभिन्न खाले कार्यक्रम गर्दा अन्तर्राष्ट्रिय  विमानस्थल जस्तो संवेदनशील क्षेत्रमा भीडभाड र प्रदर्शनले सुरक्षामा चुनौती थपिनुकाे आसन्न निर्वाचन र फागुन ३ गतेको महाशिवरात्रि पर्वलाई समेत मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको प्रशासनले स्पष्ट पारेको छ कि निषेधित क्षेत्रमा अनशन, धर्ना, घेराउ वा ५ जनाभन्दा बढी व्यक्ति भेला भएमा कानुन बमोजिम कारबाही गरिने विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु