मंगलवार १३ श्रावण, २०८२
साउन १३ काठमाडौं , आज नागपञ्चमी घरकाे मुल ढाेकामा नागदेवताकाे फाेटाे टाँसि पुजा गर्नुकाे धार्मिक तथा साँस्कृतिक विशेषताहरू आ-आफ्नै छ ।
नागपञ्चमीमा नागदेवताहरू (शेषनाग, तक्षक, बासुकी ,अनन्त ) आदिकाे पूजा गरिन्छ ,नागलाई हिन्दु धर्ममा शक्तिशाली र पूजनीय प्राणी समेत मानिन्छ , हिन्दु धर्मकाे मान्यता अनुसार नागपञ्चमीमा नागकाे फाेटाे घरकाे मुल ढाेकामा टाँस्दा नागकाे अपमान हुदैन र यसले नागदाेषबाट बचाउँछ,नागदाेष हुनु भनेकाे ग्रहदाेष हाे जसले विभिन्न समस्याहरू ल्याउने विश्वास गरिन्छ ।
घरकाे मुल ढाेकामा नागकाे फाेटाे टाँस्दा हजारौं बर्षदेखि चलिआएको साँस्कृतिक पहिचान झल्काउनुकाे साथै घरमा अशुभ शक्ति प्रवेश नगर्ने सर्पदंश ( सांपले टाेक्नु ) बाट बचाउने र घरमा शान्ति रहने धार्मिक विश्वास गरिन्छ ।
