शनिबार २ जेष्ठ, २०८३ (Saturday May 16, 2026)

नेपाल क्लाईम्बीङ खेलकुद संघ बागमती प्रदेशको प्रथम बार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न ।

सोमबार २२ पुष, २०८१ Bichar Batika 1782


नेपाल क्लाईम्बीङ खेलकुद संघ बागमती प्रदेशको प्रथम बार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न ।

पूष २२ ललितपुर , नेपाल क्लाईम्बीङ खेलकुद संघ बागमती प्रदेशको बार्षिक साधारणसभा तथा अधिवेशन बागमती प्रदेश कमिटी अध्यक्ष कल्पना महर्जनको अध्यक्षतामा तथा बागमती प्रदेश खेलकुद बिकाश परिषदका सदस्य सचिव दिपक लामाकाे प्रमुख आतिथ्यतामा नेवा: भ्वय छे ज्वागल ललितपुरमा सम्पन्न भएकाे छ ।


  अधिवेशन बाट बागमती प्रदेश कमिटीको अध्यक्षमा कल्पना महर्जन , उपाध्यक्षमा रविन्द्र महर्जन र सुरज बस्नेत ,सचिवमा नवीन गुरूङ र काेषाध्यक्षमा डाेमा तामाङ लगायत नाै सदस्य निर्वाचित भएकाे भियाे भने काठमाडौं उपत्यका कमिटीको अध्यक्षमा रूपेश अधिकारी ,उपाध्यक्षमा श्रीधर पाैडेल र बुद्धिराम शर्मा ,सचिवमा सुवास सुवेदी र काेषाध्यक्षमा हरिभक्त महर्जन लगायत नाै सदस्य निर्वाचित भएकाे थियाे ।


   बागमती प्रदेश खेलकुद बिकाश परिषद सदस्य सचिव लामा प्रमुख अतिथि रहेकाे भेलामा नेपाल क्लाइम्बिङ स्पाेर्ट एसाेसिएशनका अध्यक्ष रमेश पाैडेल, बेसबल संघका अध्यक्ष दिपक न्याैपाने, स्केटिङ तथा आइस स्केटिङ संघका अध्यक्ष अच्युत खनाल, नेपाल आईटि एफ तेक्वान्दो  महासंकाे सचिव अन्जना शिवाकोटी , नेपाल क्लाइम्बिङ स्पाेर्ट एसाेसिएशनका महासचिव सन्ताेष मादेन,सचिव सुजिता कडेल ,काेषाध्यक्ष प्रनिलमान श्रेष्ठ लगायतका व्यक्तिहरू बिशेश अतिथि ,अतिथि रहेकाे भियाे भने भेलामा ४२ जनाकाे सहभागी रहेकाे विचार वाटिका डट कम लाई आयाेजकले जानकारी गराए ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु