बिहीबार ३१ श्रावण, २०८१
श्रावण ३१ भक्तपुर , आज दिउसो भक्तपुरकाे गठ्ठाघरमा ना. ६ ख २१७३ नम्बरको ट्रकले बा. ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालककाे घटनास्थलमै मृत्यु भएकाे थियाे ।
काैशलटारबाट गठ्ठाघर तर्फ गहिरहेकाे ट्रकले ट्राफिक चेक जाँचमा राेकिराखेकाे स्कुटरलाई ठक्कर दिदा स्कुटरचालककाे घटनास्थलमै मृत्युु भएकाे र तीव्र गतिमा रहेकाे ट्रकले निकै परसम्म स्कुटरलाई घिसारेर लादा स्कुटर चालककाे शरीर क्षतविक्षत भएकाे प्रत्यक्षदर्शीले जनाएकाे छ ।
दुर्घटना पछि आक्राेशित भिडले ट्रममा ताेडफाेड गरी आन्दोलन गरेपछि दिनभर भक्तपुर - काेटेश्वर ,सानाेठिमी - पेप्सिकाेेला सडकमा यातायात बन्ध भएकाे थियाे ।