बुधबार ७ आश्विन, २०८३ (Wednesday September 23, 2026)

बबिना भट्टराईको स्वर र संगीत तथा लक्ष्मी प्रसाद मिश्रको शब्दमा नेपालको पहिलो चारु सार्वजनिक ,

बिहीबार १७ जेष्ठ, २०८१ विचारवाटिका 2026


बबिना भट्टराईको स्वर र संगीत तथा लक्ष्मी प्रसाद मिश्रको शब्दमा नेपालको पहिलो चारु सार्वजनिक ,

जेठ १७ काठमाडौं ,

तिम्ले छोडी गए नि रङ्गमञ्चमा खट्न सक्छु
परेलीको पानी पिई, सारा जीवन काट्न सक्छु ....

यी हरफहरु लक्ष्मी प्रसाद मिश्रले लेखेका ‘चारु’ का हरफहरु हुन्, यो ‘चारु’ बबिना भट्टराईको स्वर तथा संगीतमा रेकर्ड भई पोखरामा सम्पन्न नेपाल भारत साहित्य महोत्सव र इमेज एफ.एम. ९७. ९ को प्रस्तुति ‘मेची देखि महाकाली सम्म’ मार्फत सार्वजानिक छ । चारुका लेखक मिश्रले यो चारुलाई नेपालको सांगितिक इतिहासमा पहिलो रेकर्डेड ‘चारु’ भएको दावि गरेका छन् । उनी भन्छन् ‘नेपालमा स्वतन्त्र गजल त धेरै रेकर्ड भए तर स्वतन्त्र गजललाई चारु नामाकरण गरिए पछि औपचारिक रुपमा बबिना भट्टराईको स्वर र संगीतमा म्युजिक नेपालको स्टुडियोमा २०८० फागुन ०८ गते मंगलबार रेकर्ड भएको यो ‘चारु’ नै संगीतवद्ध र स्वरवद्ध भएर रेकर्ड भएको पहिलो हो ।’ यहि दाविका साथ नेपाल भारत साहित्य महोत्सवमा उनको यो ‘चारु’ सार्वजानिक भइरहदा धेरैले उत्सुकता जनाएका थिए । उनको यो दावीलाई चरु विधामा विद्यावारिधि गरेका तथा चारुका प्रवर्तक समेत रहेका डा. देवि पन्थीले पुष्टि गरेका छन् । इमेज एफ.एम. ९७.९ को प्रस्तुति ‘मेची देखि महाकाली सम्म’ मा प्रस्तोता हरिराम पौडेल संगको अन्तर्वार्तामा उनले भनेका छन् ‘लमजुङका चारुकार लक्ष्मी प्रसाद मिश्रको शब्दमा बबिना भट्टराईको स्वर र संगीतमा रेकर्ड भएको ‘चारु’ नै पहिलो रेकर्ड भएको चारु हो ।’

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु