शुक्रबार ९ आश्विन, २०८३ (Friday September 25, 2026)

एकीकृत समाजवादीले एक महिनाको मेची महाकाली अभियान चलाउने 

बिहीबार ७ भाद्र, २०८० विचारवाटिका 1666


एकीकृत समाजवादीले एक महिनाको मेची महाकाली अभियान चलाउने 

भदौ ७, नेकपा एकीकृत समाजवादीले आगामी माघ महिनाका लागि योजना गरेको महाधिवेशन पूर्वतयारीको लागि एक महिनाको मेची महाकाली अभियान चलाउने निर्णय गरेको छ।

मंगलबारदेखि सुरु भएको पार्टीको छैटौँ पूर्ण बैठकले पार्टीको संगठनमा देखिएका समस्याहरूको समाधान गर्ने र सबैलाई क्रियाशील बनाउने उद्देश्यको साथ मेची महाकाली अभियान चलाउने निर्णय गरेको छ।

पार्टीको मुद्दाहरू राष्ट्रलाई सुनाउने उद्देश्यले मुलुकका रुपान्तरणकारी एजेण्काडाका साथ मेची महाकाली राष्ट्रिय अभियान आयोजना गरिने र त्यसको विस्तृत योजना सचिवायलयले तयार गर्ने एकीकृत समाजवादीले बताएको छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु