शनिबार २ जेष्ठ, २०८३ (Saturday May 16, 2026)

एमसीसीको विरोधमा आज प्रदर्शन हुँदै

बुधबार २६ माघ, २०७८ विचारवाटिका 2266


एमसीसीको विरोधमा आज प्रदर्शन हुँदै

माघ २६ काठमाडौं ,नेत्रविक्रम चन्द (विप्लव)को नेतृत्वमा नेकपासहितका दलहरूले आज अमेरिकी सहयोग परियोजना एमसीसी खारेजको माग गर्दै काठमाडौंमा प्रदर्शन गर्दै छन् ।

दिउँसो १ बजे माइतीघर मण्डलामा केन्द्रित भएर ¥यालीसहित नयाँबानेश्वरस्थित संसद भवनतर्फ अघि बढ्ने योजना रहेको छ ।

विप्लव नेतृत्वको नेकपा, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी (माओवादी), ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, कर्णजित बुढाथोकी नेतृत्वको समाजवादीले संयुक्त रुपमा विरोधका कार्यक्रम तय गरेका हुन् । यसमा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा र मसालको चुनावी मोर्चा राष्ट्रिय जनमोर्चा पनि संलग्न छन् ।
 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु