बुधबार ७ आश्विन, २०८३ (Wednesday September 23, 2026)

आजदेखि काठमाडौंमा फाइजर खोपको दोस्रो मात्रा दिइँदै 

सोमबार २४ माघ, २०७८ विचारवाटिका 1822


आजदेखि काठमाडौंमा फाइजर खोपको दोस्रो मात्रा दिइँदै 

माघ २४, काठमाडौं । काठमाडौं महानगरपालिकाले आजबाट फागुन ५ गतेसम्म विद्यार्थीहरुलाई कोरोनाविरुद्धको फाइजर खोपको दोस्रो मात्रा लगाईदिँदै छ ।

फाइजर खोपको पहिलो मात्रा लगाएको तीन हप्ता पुगिसकेका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई दोस्रो मात्रा दिन लागिएको हो ।

महानगरपालिकाका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले खोप केन्द्रमा बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म खोप दिने बताएका छन ।

यसै ललितपुर महानगरपालिकामा भने माघ २७ गतेदेखि फागुन ६ गतेसम्म खोप कार्यक्रम सन्चालन हुने छ ।

जनस्वास्थ्य शाखा छायबहाल, वडा नं. २ को सानेपा चोकस्थित आधारभूत स्वास्थ्य केन्द्र, वडा नं. १७ को लुंखुसीस्थित नगर स्वास्थ्य केन्द्र, वडा नं. २४ को धापाखेल स्वास्थ्य चौकी, वडा नं. २५को सैंबु स्वास्थ्य चौकी, वडा नं. २७ को सुनाकोठी स्वास्थ्य चौकी र वडा नं. २८ को हरिसिद्धी स्वास्थ्य चौकी खोप केन्द्र तोकिएको छ ।

ललितपुर महानगरपालिकामा भने बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खोप कार्यक्रम सन्चालन हुने महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जानकारी दिए ।
 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु