बुधबार ७ आश्विन, २०८३ (Wednesday September 23, 2026)

१२ देखि १७ वर्षसम्मका बालबालिकालाई दोस्रो डोज खोप दिँदै ललितपुर महानगरपालिका

सोमबार १७ माघ, २०७८ विचारवाटिका 2170


१२ देखि १७ वर्षसम्मका बालबालिकालाई दोस्रो डोज खोप दिँदै ललितपुर महानगरपालिका

माघ १७, काठमाडौं । ललितपुर महानगरपालिकाले १२ वर्ष देखि १७ वर्ष सम्म उमेर समूहका बालबालिकाहरुलाई फाइजर खोपको दोस्रो डोज लगाइने भएको छ ।  

ललितपुर महानगरले सूचना जारी गर्दै यही माघ २० देखि २५ गतेसम्म खोप लगाइने जानकारी दिएको छ । गत पुस २७ देखि २९ गतेसम्म पहिलो डोज लगाएका बालबालिकाले दोस्रो खोप पाउने महानगरले जनाएको छ ।

साबिकको खोप केन्द्र र विद्यालयमा बिहान साढे १० बजेदेखि बेलुका ४ बजेसम्म बालबालिकालाई खोप लगाइने भएकोले सबैलाई सहभागी हुन महानगरपालिकाले आग्रह गरेको छ ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु