शनिबार २ जेष्ठ, २०८३ (Saturday May 16, 2026)

उद्धारको कार्य जारी रहनेछ ः बाइडन

शुक्रबार ११ भाद्र, २०७८ विचारवाटिका 1873


उद्धारको कार्य जारी रहनेछ ः बाइडन

 

भदौ ११, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानबाट उद्धारको कार्य जारी रहने बताएका छन् । हिजो काबुल विमानस्थलमा आएको आक्रमणपछि अष्ट्रेलिया, न्युजिल्याण्ड र क्यानडासहितका धेरै मुलुकले उद्धारको कार्य रोक्ने निर्णय गरिसकेका छन् । तर, बाइडनले भने हामीहरुले यो मिसन सकाउने बताएका छन् ।

बिहीबार भएको आत्मघाती बम विष्फोटमा परी मृत्यु हुनेको संख्या ९० पुगेको छ । जसमध्ये १३ जना अमेरिकी सैनिक छन् । तालिबानले भने यो घटनामा आफ्ना कुनै पनि सदस्यको मृत्यु नभएको बताएको छ ।


तालिबानले १५ अगष्टमा काबुललाई आफ्नो नियन्त्रणमा लिएसँगै अमेरिकाले अफगानिस्तानबाट आफ्ना नागरिक उद्धारको कार्य सुरु गरेको थियो । अमेरिकाले अफगानिस्तानबाट एक लाखभन्दा धेरै मानिसको उद्धार गरिसकेको छ ।

अमेरिकी राष्ट्रपति बाइडनले यो मिसन सकाउनुपर्नेमा जोड दिँदै भनेका छन्, ‘हामी आतंकवादीबाट विचलित हुँदैनौं ।’ बिहीबार स्थानीय समयअनुसार साँझ ५ बजे यो आक्रमण भएको थियो । सुरुमा अमेरिका र बेलायती सैनिकले मानिसहरुलाई विमानस्थल प्रवेश गराउने गेटमा बम विष्फोट गराइएको थियो । त्यसपछि अन्धाधुन्ध गोली आक्रमण पनि सुरु भएको थियो ।

त्यसको केही बेरमा नै बेलायती अधिकारीले उद्धारको लागि कागजी पक्रिया पूरा गर्न प्रयोग गर्दै अएको होटलमा अर्को विष्फोट गराइएको थियो । बिहीबारको यो

आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट –(आईएस)ले लिएको छ । बाइडनले यो आक्रमण आफूहरुले नभूल्ने र आईएसले यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।




मतहरू

estuack

stromectol 12mg online Amoxicillin 500mg Walmart Proces


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु