बिहीबार ८ आश्विन, २०८३ (Thursday September 24, 2026)

शिक्षामन्त्रीले नेपालको पुरानै नक्सा छापिएको पाठ्यपुस्तक जफत गर्न दियो निर्देशन

बुधबार २६ जेष्ठ, २०७८ विचारवाटिका 3360


शिक्षामन्त्रीले नेपालको पुरानै नक्सा छापिएको पाठ्यपुस्तक जफत गर्न दियो निर्देशन

जेठ २६,  काठमाडौं । लिम्पियाधुरा र लिपुलेकविनाको पुरानो नक्सा छापेर बिक्री गरेको पाठ्यपुस्तक जफत गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले निर्देशन दिएका छन् ।

केही निजी प्रकाशकले भने नेपालको पुरानो नक्सा नेै छापेर विद्यालयस्तरको पाठ्यपुस्तक बिक्री गरेको सूचना पाएपछि उनले सो पुस्तक जफत गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएका हुन् ।

मन्त्री श्रेष्ठले सचिवालयका अनुसार पाठ्यक्रम विकास तथा मुल्याङ्कन परिषदको बुधबार बसेको बैठकमा पुस्तक प्रकाशक र बिक्रेतालाई कानूनको दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न पनि  निर्देशन दिएका छन् ।

उनले बैठकमा, ‘तपाईंहरुले अनुगमन गर्नुस्, देशको आँच पुग्नेगरी पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गरेको पाइए तत्काल प्रहरी प्रशासन लगाएर कारबाही गर्नुस्,’ भनेर निर्देशन दिए । 

पुरानो नक्सा राखी नयाँ पुस्तक बिक्री गर्नेमाथि कडा कारबाही गरिने मन्त्रालयका सचिव रामप्रसाद थपलियाले बताए ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु