शुक्रबार ९ आश्विन, २०८३ (Friday September 25, 2026)

प्रधानमन्त्री ओली पोखरा जाँदैःप्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नै

सोमबार १७ फाल्गुन, २०७७ bicharbatika 2877


प्रधानमन्त्री ओली पोखरा जाँदैःप्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नै

 

काठमाडौँ फागुन १७

प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाने भएका छन्।नेकपा ओली पक्षको प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालगायत कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री ओली पोखरा जान लागेका हुन्।प्रधानमन्त्री ओली जहाजमार्फत् पोखरा जाने बताईएको छ।प्रधानमन्त्री ओलीले सोम बार नै गण्डकी प्रदेश सरकारले बनाउन लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठान भवनको शिलान्यास पनि गर्ने कार्यक्रम छ ।

उक्त प्रतिष्ठान भवन नदीपुरमा बनाउन लागिएको छ।यस्तै पोखरा सभागृहमा गण्डकी प्रदेशका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम पनि छ। प्रधानमन्त्री ओली आइतबार झापा पुगेका थिए। उनले त्यहाँ औद्योगिक पार्क र विभिन्न पुल उद्घाटन तथा शिलान्यासका कार्यक्रम गरेका थिए।

पछिल्लो समय प्रधानमन्त्री ओली उद्घाटन र शिलान्यासका कार्यक्रममा देशका विभिन्न ठाउँ पुगेका छन् ।
प्रधानमन्त्री ओली मंगलबार  झापा जाने कार्यक्रम  रहेको छ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु