शुक्रबार २५ बैशाख, २०८३ (Friday May 08, 2026)

तेत्तीस स्थानकाे मत परिणाम सार्वजनिक हुदा एमाले सात स्थानमा बिजयी,काठमाडौं १६ मा रास्वपा ।

सोमबार १७ मंसिर, २०८१ Bichar Batika 2107


तेत्तीस स्थानकाे मत परिणाम सार्वजनिक हुदा एमाले सात स्थानमा बिजयी,काठमाडौं १६ मा रास्वपा ।

मंसिर १७ काठमाडौं , मंसिर १६ गते ३० जिल्लाकाे विभिन्न ४१ पदमा भएकाे स्थानीय तहकाे उपनिर्वाचनकाे मत परिणाम आउने क्रमजारी छ, अहिले सम्म तेत्तीस स्थानकाे मत परिणाम सार्वजनिक हुदा नेकपा एमालेले एक गाउँपालिका अध्यक्ष ,एक उपाध्यक्ष र पाँच वडा अध्यक्ष गरि सात स्थानमा बिजयी भएकाे छ भने काठमाडौं १६ काे वडा अध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) बिजयी भएकाे छ।


  हाल सम्म सार्वजनिक भएकाे मत परिणाम अनुसार नेपाली काँग्रेसले १५ स्थानमा वडा अध्यक्ष , एमालेले ७ स्थानमा, माओवादी केन्द्रले ५ स्थानमा वडा अध्यक्ष , जनता समाजवादी नेपालले २ स्थानमा वडा अध्यक्ष र एकीकृत समाजवादी ,नेपाल मजदुर किसान पार्टी ,रास्वपा र स्वतन्त्रले समान एक- एक स्थानमा वडा अध्यक्ष जित्न सफल भएकाे छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु