शुक्रबार २५ बैशाख, २०८३ (Friday May 08, 2026)

एमालेको केन्द्रीय कार्यालय एक वर्षभित्र निमार्ण सम्पन्न हुँदै, प्रधानमन्त्री ओली द्वारा भवनको शिलान्यास ।

शुक्रबार २५ आश्विन, २०८१ डिबि श्रेष्ठ 1853


एमालेको केन्द्रीय कार्यालय एक वर्षभित्र निमार्ण सम्पन्न हुँदै, प्रधानमन्त्री ओली द्वारा भवनको  शिलान्यास ।

असाेज २५ काठमाडौं , नेकपा ( एमाले) काे केन्द्रीय कार्यालय भवन  कीर्तिपुर नगरपालिका - २ मैत्रीनगरमा एक वर्षभित्र निमार्ण सम्पन्न हुने भएकाे छ,उक्त भवनको प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले शिलान्यास गर्नुभयो ।


 एमालेकाे हाल रहेकाे केन्द्रीय कार्यालय तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा पटक पटक बाढीले क्षति पुर्याएपछि भाटभटेनीका सञ्चालक सफल व्यवसायी मीन बहादुर गुरूङ र उनको धर्मपत्नी सावित्री गुरूङले कीर्तिपुर -२ मैत्रीनगरमा रहेकाे १० राेपनी १४ आना  दान दिनुभएको जग्गामा भवन निमार्ण गर्न लागेकाे हाे।


 एमालेलाई केन्द्रीय कार्यालय भवन निमार्ण गर्न प्रयाप्त जग्गा दान दिनुभएकोमा गुरूङ दम्पतीलाई धन्यवाद दिदै भवन निमार्णकाे जिम्मेवारी समेत भाटभटेनीलाईनै दिएकाे एमाले महासचिव शंकर पाेखरेलले बताउनु भयाे ।
उक्त शिलान्यास कार्यक्रममा व्यवसायी गुरूङले आफू पहिले देखिनै एमाले निकट रहेकाेले पार्टीको केन्द्रीय कार्यालय भवन निर्माण गर्ने जग्गा दान दिने इच्छा लागेकाे बताउनु हुँदै  अन्ने पार्टीलाई पनि सहयाेग गर्दै आएकाे र भविष्यमा पनि सहयाेग मागेमा व्यवसायीकाे हिसाबले अन्ने पार्टीलाई पनि सहयाेग गर्ने बताउनु भयाे ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु