शुक्रबार २५ बैशाख, २०८३ (Friday May 08, 2026)

हराएको खोप खोज्नका लागि स्वास्थ्य मन्त्रालयद्धारा छानबिन समिति गठन

आईतवार १६ माघ, २०७८ विचारवाटिका 2359


हराएको खोप खोज्नका लागि स्वास्थ्य मन्त्रालयद्धारा छानबिन समिति गठन

माघ १६, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको २४ लाख डोज खोप हराएकाले  खोज्नका लागि समिति गठन गरेको छ ।

स्वास्थ्यमन्त्री विरोध खतिवडाले प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेका छन् ।

हराएको खोप छानविन गर्न समितिमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा. लोहनीसहित विभिन्न महाशाखाका प्रमुखलाई जिम्मेवारी दिइएको छ । ५ सदस्यीय समितिले खोप अभिलेख विवरण अध्यावधिक गर्ने जिम्मेवारी पनि पाएको डा. लोहनीले पुष्टि गरे ।


 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु