शुक्रबार २५ बैशाख, २०८३ (Friday May 08, 2026)

एमाले केन्द्रीय सदस्यहरुको सूची रुम नम्बर ४०१ मा तयार हुँदै

आईतवार १२ मंसिर, २०७८ विचारवाटिका 2862


एमाले केन्द्रीय सदस्यहरुको सूची रुम नम्बर ४०१ मा तयार हुँदै

मंसिर १२, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष  केपी शर्मा ओली निकट चार नेता केन्द्रीय सदस्यहरुको सूची बनाउन छलफलमा जुटेका छन् ।

चितवनको सौराहमा जारी एमालेको दशौं महाधिवेशनको बन्दसत्रले शुक्रबार भीम रावल र घनश्याम भुसाल लगायतका नेताहरुको विरोधका बीच कमिटीको नामावली प्रस्ताव गर्ने सर्वाधिकार अध्यक्ष ओलीलाई दिएका थियो । ओलीले विहान १० बने बन्दसत्र राखेका थिए  तर उनी बिहानैदेखि नेताहरुसँग छलफलमा छन् । पदाधिकारी तथा केन्द्रीय सदस्यका आकांक्षीहरुले पनि अध्यक्ष ओलीलाई भेटेर लबिइङ गरेका छन् ।

अहिले केन्द्रीय सदस्यहरुको सूची बनाउने काम भइरहेको छ । संगठन विभाग प्रमुख विष्णु पौडेलका साथै नेताहरु शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवाली पार्क सफारी होटलको रुम नम्बर ४०१ मा बसेर केन्द्रीय सदस्यहरुको सूची बनाइरहेको स्रोतले बताएको छ ।

चार नेताले बनाएको सूचीलाई अध्यक्ष ओलीले अन्तिम रुप दिने स्रोतले बताइएको छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु